आइतबार, मंसिर ७, २०८२

पीएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य

यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नेपालले २०५ रनको लक्ष्य पाएको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं– यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नेपालले २०५ रनको लक्ष्य पाएको छ। युनाइटेड अरब इमिरेट्समा जारी खेलमा नेपालले पीएनजीसँग २०५ रनको लक्ष्य पाएको हो।

National life

टस जितेर ब्याटिङ राजेको पीएनजीले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २०४ रन बनाएको हो। पीएनजीका लागि चौथो नम्बरमा मैदान छिरेका चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए।

पपुवा न्युगिनीविरुद्ध नेपाली बलरले सुरुमा औसत बलिङ गरेका थिए। तेस्रो ओभरमै सोमपाल कामीले ११ रन खर्चिँदा नेपाली बलिङ खस्किएको देखिएको थियो। तर, त्यसपछिका ओभरमा सामपाल र करणले सम्हालेर लिएर गए।

तर पहिलो विकेट लिन नेपालले १० औं ओभर नै पर्खिनुपर्यो। बलर आरिफ शेखले टोनी उरालाई पेवेलियन पठाउँदै नेपालका लागि पहिलो विकेट लिए। उराले ३४ बलमा २७ रन प्रहार गरेर मैदान छोडेका थिए।

त्यस्तै, नेपालले १३ औं ओभरमा दोस्रो विकेट लियो। कप्तान सन्दीप लामिछानेले २५ रन बनाइसकेका लेगा सिआकाको विकेट गिराएपछि नेपाली टिम केहि सहज अवस्थामा पुगेको थियो।

Laxmi sunrise bank
kumari

तेस्रो नम्बरमा मैदानमा पसेका कप्तान अस्साद वालाले १९ रन बनाए भने चाल्र्स अमिनीले ५९रन जोडे रन बनाए। वालालाई ज्ञानेन्द्र मल्लले आउट गराए भने अमिनीलाई सोपमालले पेवेलियन फर्काए। एक दिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो पहिलो विकेट समेत हो। त्यस्तै, चाड सुपरले पनि ३५ रनको योगदान दिए। १२ बल खेलेका नोर्मन वनुआले भने २३ रन बनाए।

नेपालका लागि आरिफ शेखले एक विकेट गिराउँदै किफायति बलिङ गरे। उनले ६ ओभर बलिङ गर्दै १६ रन खर्चिए। कप्तान सन्दिप लामिछानेले पनि १० ओभरमा एक विकेट लिएर ३० रन खर्चिँदा सोमपाल कामीले तीन विकेट लिए। सोमपालले तीन विकेट गिराए।

सन्दिपको कप्तानीमा नेपाली टिमले खेलेको यो पहिलो एक दिवसीय क्रिकेट हो। यसअघि ओमनमा भएको प्रतियोगितामा नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलेको थियो।

आजको खेलबाट नेपालका भीम सार्की, विवेक यादव र सागर ढकालले एक दिवसीय क्रिकेटमा डेब्यू गरेका छन्। त्यस्तै, पपुवा न्युगिनियाका सोमो कमियले पनि एकदिवसीयमा डेब्यु गरेका हुन्।

प्रकाशित: Mar 16, 2022| 15:14 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।