काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले ससंदीय दलको आकस्मिक बैठक आह्वान गरेको छ। सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन्।
सरकारको उक्त निर्णयपछि एमालेले संसदीय दलको आकस्मिक बैठक आह्वान गरेको हो। बैठकमा सरकारको पछिल्लो कदमलगायतका विषयमा छलफल हुने बताइएको छ।
पाँच दलीय गठबन्धनको सरकारले संसद् अधिवेशन अन्त्य गरेसँगै ४२ वटा विचाराधीन विधेयक अलपत्र परेका छन्।