आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एट्लेटिकोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरियो युनाइटेड

एट्लेटिकोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरियो युनाइटेड

युरोपेली शीर्ष श्रेणीको क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडसँगस पराजित भएसँगै म्यानचेस्टर युनाइटेड बाहिरिएको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- युरोपेली शीर्ष श्रेणीको क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडसँगस पराजित भएसँगै म्यानचेस्टर युनाइटेड बाहिरिएको छ।

National life

म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्ड रंगशालामा भएको खेलमा घरेलु टिमविरुद्ध एट्लेटिकोले जित निकालेको हो। एट्लेटिकोको जितका लागि खेलको ४१औं मिनेटमा रेनन लोदीले गोल गरेका थिए।

यसअघि एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा सम्पन्न पहिलो लेगेको खेल भने १-१ को बराबरी भएको यसकारण आजको खेलमा जुन टिमले जित निकाल्छ त्यो टिम विजेता हुने पक्क थियो। यससँगै २-१ को जितका साथ एट्लेटिको मड्रिड अन्तिम आठमा प्रवेश गरेको हो।

युनाइटेडले खेलका ६१ प्रतिशत समयबलमा नियन्त्रण बनाए पनि गोल गर्न सकेन। मंगलबार नै सम्पन्न अर्को खेलमा आयाक्सविरुद्ध समग्रमा ३-२ को जित निकाल्दै बेनफिका अन्तिम आठमा पुगेको छ।

प्रकाशित: Mar 16, 2022| 08:30 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।