सोमबार, भदौ १, २०८३

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले)ले चैत ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- नेकपा (एमाले)ले चैत ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाएको छ। मंगलबार साँझ बसेको एमाले केन्द्रीय सचिवालय बैठकले चैत ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो।

प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङका अनुसार ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक र १३ मा स्थायी कमिटी बैठक बस्ने छ। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने उनले बताएका छन्।

मंगलबारको केन्द्रीय सचिवालय बैठकले एमालेका निर्वाचन विभागलाई पूर्णता दिएको छ। बैठकले विष्णु रिमाल प्रमुख र निरज आचार्य उपप्रमुख रहेको विभागलाई पूर्णता दिएको हो।

प्रकाशित: Mar 16, 2022| 06:56 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...