मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एआईजी बढुवा लागि रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंह सिफारिस

एआईजी बढुवा लागि रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंह सिफारिस

नेपाल प्रहरीको एआईजी बढुवाका लागि तीन डीआईजी सिफारिस भएका छन्। गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- नेपाल प्रहरीको एआईजी बढुवाका लागि तीन डीआईजी सिफारिस भएका छन्। गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। 

National life

सोही सिफारिसका आधारमा अब बस्‍ने मन्त्रिपरिषद्को बैठकले एआईजीमा बढुवा गर्नेछ। यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो। हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन्। तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्‍ने भएको छ। 

एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन्। पन्त आईजीपीकै ब्याची हुन्। उनी आईजीपीसँगै अवकाशमा जानेछन्।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन्। उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन्।


प्रकाशित: Mar 15, 2022| 19:57 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।