सोमबार, भदौ १, २०८३

चैत ७ गतेदेखि गर्ने भनिएको दलित संघको महाधिवेशन स्थगित

नेपाल दलित संघको केन्द्रीय महाधिवेशन स्थगित गरिएको छ। यही चैत ७ गतेदेखि बुटवलमा हुने भनिएको संघको महाधिवेशन स्थगित गरिएको हो।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- नेपाल दलित संघको केन्द्रीय महाधिवेशन स्थगित गरिएको छ। यही चैत ७ गतेदेखि बुटवलमा हुने भनिएको संघको महाधिवेशन स्थगित गरिएको हो। 

यसअघि चैत्र ७, ८ र ९ गने बुटवलमा गर्ने तय गरिएको थियो। संघका केन्द्रीय उपाध्यक्ष रामकृष्ण लकान्द्रीले पार्टीको चुनावलक्षित एक महिने अभियानका कारण तत्काललाई अधिवेशन स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

उनले भने, 'अहिले प्रदेश अधिवेशनहरू सम्पन्‍न गर्ने र स्थानीय तहको निर्वाचनपछि मात्रै केन्द्रीय महाधिवेशन गर्ने कुरा भएको छ।' बुधबार बस्ने कार्यसम्पादन समितिको बैठकले महाधिवेशन स्थगित गर्ने सूचना प्रकाशन गर्नेछ।

प्रकाशित: Mar 15, 2022| 19:25 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...