काठमाडौं- स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबारदेखि दरखास्त आह्वान गरिएको हो। चैत ६ देखि ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन्।
म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीन वटा प्रहरी परिसरमा पाइन्छ। साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन्।
सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। पूर्व सुरक्षाकर्मी र पूर्व वन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउनेछन्।
यसअघिको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकाहरुलाई पनि प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। २०७८ चैत १५ बाट म्यादी प्रहरीको छनोट सुरु हुने र चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।