सोमबार, भदौ १, २०८३

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो। 

मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

संसदको चालु अधिवेशनले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता अनुमोदन गरेको थियो। यस्तै संसदमा पेस भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथिको प्रक्रिया भने अर्को अधिवेशनले बढाउने भएको छ। 


प्रकाशित: Mar 15, 2022| 17:47 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...