सोमबार, भदौ १, २०८३

काठमाडौंमा व्यस्त साउदीका विदेशमन्त्री [तस्बिर]

नेपाल भ्रमणमा रहेको साउदी अरेबियाली राजकुमार तथा विदेशमन्त्री फैजल अल विन फरहान अल साउदको टोली भेटघाटमा व्यस्त छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- नेपाल भ्रमणमा रहेको साउदी अरेबियाली राजकुमार तथा विदेशमन्त्री फैजल अल विन फरहान अल साउदको टोली भेटघाटमा व्यस्त छ। साउद नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बिहान परराष्ट्रमन्त्री डा नारायण खड्कालाई भेट गर्‍यो। 

भेटमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको हो। 

मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो। नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्नेछ। 

मंगलबारै टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेको छ। यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि टोलीले भेटघाट गरिसकेको छ। 

परराष्ट्रमन्त्री डा खड्कासँग भएको सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुलेको छ। साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश पनि हो। करिब चार लाख नेपालीले साउदीमा रोजगारी पाएका छन्।

नेपालको दुई दिने भ्रमणका लागि २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आइपुगेका थिए। निजी विमान चढेर श्रीलंकाबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। 

विदेशमन्त्री फैजल आजै दिउँसो ३:१५ बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।

तस्बिरहरू


प्रकाशित: Mar 15, 2022| 16:14 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...