सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेतृत्वले आफ्ना मान्छे छान्दा समग्र पार्टीलाई असर परिरहेको छ : नेता सिंह

नेतृत्वले आफ्ना मान्छे छान्दा समग्र पार्टीलाई असर परिरहेको छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छे मात्र छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन्।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छे मात्र छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन्। मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन्। 

हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताए। नेता सिंहले नेपाली कांग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि बताए। नेता सिंहले स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा राखे। 

'वैशाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा भइसकेको छ। कोही सबैको प्रियपात्र हुन खोज्ने, विधि विधानअनुसार पालना नगराउने, भन्ने तीन जनाको सिफारिस गर्नुपर्नेमा १५-२० जना पठाएपछि कहाँबाट राम्रोसँग सञ्चालन हुन्छ?,' नेता सिंहले भने, 'चुनावमा जाँदा पनि पब्लिकसँग जु भिजेको मान्छे त हुनुपर्‍यो नि। यो खाली विधि प्रक्रिया पूरा नगरी पब्लिकले नचिनेको मान्छे परेमा गाह्रो हुन्छ समग्र पार्टीलाई।'

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली कांग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महसुस गरेको बताएका थिए। 

‘म संलग्न पार्टीको सरकार बनेपछि निर्माण व्यवसायीहरुले ठूलो राहत महसुस गरेको छ। सीमित निर्माण व्यवसायीहरुको हातमा मुलुकको निर्माण क्षेत्र गएको छ। त्यसबाट धेरै वटा विकृति भित्रिएका छन्। त्यसलाई न्युन गर्ने काममा सार्वजनिक खरिद ऐनको ११औँ संशोधनले गर्नेछ। त्यसलाई कार्यान्वयन गराउने मेरो प्रमुख जिममेवारी हो।’

प्रकाशित: Mar 15, 2022| 15:27 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...