सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनयुद्धमा ३३ प्रतिशत महिला सहभागिताको 'कन्सेप्ट' नै थिएन, एमालेले ल्याएको हो : ओली

जनयुद्धमा ३३ प्रतिशत महिला सहभागिताको 'कन्सेप्ट' नै थिएन, एमालेले ल्याएको हो : ओली

एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेले नै ३३ प्रतिशत महिला सहभागिताको अवधारणा ल्याएको उल्लेख गरेका छन्।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिताको विषय माओवादी जनयुद्धको कन्सेप्ट नभएको दाबी गरेका छन्। 

एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेले नै ३३ प्रतिशत महिला सहभागिताको अवधारणा ल्याएको उल्लेख गरेका छन्। 

'म कतै कतै सुन्ने गर्छु जनयुद्धले गर्दा महिलाको ३३ प्रतिशत पुर्यायौं भन्छन्। तर त्यसको कुनै भूमिका छैन। ३३ प्रतिशतको अवधारण अखिल नेपाल महिला संघले ल्याएको हो। त्यो भनेको एमालेबाट आएको हो,' ओलीको दाबी छ।

अनेमसंघकी तत्कालीन अध्यक्ष तथा वर्तमान राष्ट्रपति विद्या भण्डारीको प्रस्तावमा ३३ प्रतिशत सहभागिताको विषयलाई अगाडि ल्याइएको ओलीको भनाइ छ। 

प्रकाशित: Mar 15, 2022| 14:44 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...