सोमबार, भदौ १, २०८३

साउदी राजकुमारको टोली र राष्ट्रपतिबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको साउदी अरेबियाको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं– नेपाल भ्रमणमा रहेको साउदी अरेबियाको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ। साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल विन फरहान अल साउदको टोलीले राष्ट्रपतिलाई भेटेको हो। 

यसअघि आज बिहान साउद र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। आज परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उक्त सम्झौता भएको हो।

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको हो। मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो। नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्नेछ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुलेको छ। साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश पनि हो। करिब चार लाख नेपालीले साउदीमा रोजगारी पाएका छन्।

नेपालको दुई दिने भ्रमणका लागि २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आइपुगेका हुन्। निजी विमान चढेर श्रीलंकाबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। 

विदेशमन्त्री फैजल आजै दिउँसो ३ः१५ बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित: Mar 15, 2022| 13:06 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...