रोल्पा– रोल्पा नगरपालिकाले कानुन नै बनाएर नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान स्थापना गरेको छ। यससँगै रोल्पा नगरपालिकाकै स्वामित्वमा रहेको उक्त प्रतिष्ठानले पहिलो पटक सिर्जना महोत्सव २०७८ आयोजना गर्ने भएको छ।
यही चैत २२ र २३ गते लिबाङमा महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवअन्तर्गत राष्ट्रिय कविता प्रतियोगिता समेत हुने भएको छ। जसका लागि कविता चैत १५ गतेसम्म उपलब्ध गराइसक्नु पर्नेछ। प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, द्वितीय हुनेले २५ हजार, तृतीय हुनेले २० हजार पुरस्कार पाउनेछन्। सान्त्वना पुरस्कारस्वरुप २ जनाले १०–१० हजार प्राप्त गर्नेछन्। विजयीहरुलाई मेडल र प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले जनाएको छ।
साहित्य पनि समाज परिवर्तको एउटा महत्वपूर्ण विम्ब भएकाले यस्तो अभ्यास गरिएको मेयर पुरण क्षेत्रीले नेपाल समयलाई जानकारी दिए। उनले भने, ‘समाजमा राजनीतिबाहेक अरु थेरै कुराहरु हुन्छन्। हामी त्यसलाई वास्ता गर्दैनौँ। तर हाम्रो अभ्यास भनेको समाजलाई राजनीतिसँगै साहित्य, सांस्कृति रुपले परिवर्तन गर्नु हो।’