शुक्रबार, साउन २९, २०८३

साउदी अरब र नेपालबीच सहकार्यको समझदारी

साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं– साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। आज परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उक्त सम्झौता भएको हो।

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको हो। मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो। नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्नेछ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुलेको छ। साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश पनि हो। करिब चार लाख नेपालीले साउदीमा रोजगारी पाएका छन्।

नेपालको दुई दिने भ्रमणका लागि २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आइपुगेका हुन्। निजी विमान चढेर श्रीलंकाबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। 

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। 

परराष्ट्र मन्त्रालयका अनुसार  दिउँसो १२ः१५ सम्ममा भेटवार्ता सक्ने तयारी छ। यसपछि साउदी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री खड्काले होटल म्यारिएटमा दिवाभोज दिने कार्यक्रम छ। विदेशमन्त्री फैजल आजै दिउँसो ३ः१५ बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ

प्रकाशित: Mar 15, 2022| 11:39 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।