काठमाडौं– नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउदले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन्। १८ सदस्यीय प्रतिनिधिमण्डल र मन्त्री खड्कासहितको नेपाली टोलीबीच मन्त्रालयमा भेटवार्ता भइरहेको छ।
भेटवार्तामा द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुने बताइएको छ। साउद सोमबार नेपाल आएका थिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गर्नेछन्।