आइतबार, मंसिर ७, २०८२

मायोर्काविरुद्धको जितले रियललाई १० अंकको अग्रता

सोमबार रातिको खेलमा रियलले मायोर्कालाई ३-० गोलले हराउँदै शीर्षस्थानमा ठूलो अग्रता बनाएको हो।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा लिगलिडर रियल मड्रिडले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ। सोमबार रातिको खेलमा रियलले मायोर्कालाई ३-० गोलले हराउँदै शीर्षस्थानमा ठूलो अग्रता बनाएको हो।

National life

रियललाई जित दिलाउन करिम बेञ्जिमाले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल गरे। मार्योकाको मैदानमा पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए। खेलको ५५औं मिनेटमा बेञ्जिमाको एसिस्टमा भिनिसियसले गोल गरे।

खेलको ७७औं मिनेटमा रियलले पेनाल्टीको अवसर पाएको थियो। र, बेञ्जिमाले त्यसको सदुपयोग गर्यो। खेलको ८२औं मिनेटमा बेञ्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई ३-० मा पुर्याए। यो अग्रताका साथ रियलले जित निकाल्यो।

अहिले २८ खेलबाट रियलले ६६ अंक जोडेको छ भने दोस्रो स्थानको सेभियाको ५६ अंक छ। २६ अंकका साथ मायोर्का १६औं स्थानमा छ।

प्रकाशित: Mar 15, 2022| 10:00 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।