मंगलबार, असार ९, २०८३

आफ्नै भवनमा वडा कार्यालय

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेवा पुर्‍याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता दिएको बताए।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

दाङ- दाङको दङ्गीशरण गाउँपालिका–५ ले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेवा पुर्‍याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता  दिएको बताए। 

National life

सो अवसरमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको र दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्ससमेत उपलब्ध गराएको जानकारी दिए।

सोही अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समेत शुभारम्भ गरिएको छ। स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालय भवनका लागि स्थानीय बुद्धिराज उपाध्ययायले जग्गा उपलब्ध गराएका थिए।

जम्मा पाँच कठ्ठा जग्गामा वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो। यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो।

प्रकाशित: Mar 15, 2022| 08:50 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।