बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रिस्टलसँगको बराबरीपछि सिल्वा भन्छन् : हामी लिभरपुलभन्दा अगाडि नै छौं

क्रिस्टलसँगको बराबरीपछि सिल्वा भन्छन् : हामी लिभरपुलभन्दा अगाडि नै छौं

क्रिस्टल प्यालेसको घरेलु मैदानमा सेलहुस्ट पार्क रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि दुवै टिमले बराबरी वापत् १-१ अंकसमेत बाँडेका हुन्।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- सोमबार राति इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गतको खेलमा क्रिस्टल प्यालेसले शीर्षस्थानको म्यानचेस्टर सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ।

क्रिस्टल प्यालेसको घरेलु मैदानमा सेलहुस्ट पार्क रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि दुवै टिमले बराबरी वापत् १-१ अंकसमेत बाँडेका हुन्।

बराबरीपछि सिटीका मिडफिल्डर बर्नान्डो सिल्वाले आफ्नो टिम लिभरपुलमान्दा माथि रहेको बताए। सिटी अहिले दोस्रो स्थानको लिभरपुलभन्दा चार अंकले अघि रहेको छ। एक खेल कम खेलेको लिभरपुलको भने ६६ अंक छ।

‘हामीले गोल गर्न सकेनौँ। तर गोल गर्नुपर्ने थियो,’ सिल्वाले खेलपछि भने, ‘अझै नौ खेल बाँकी नै छ। तर हामी लिभरपुलभन्दा राम्रो पोजिसनमा छौं। साथै उनीहरुले हाम्रो रंगशालामा खेल्न बाँकी नै छ।’

अहिले सिटीले लिभरपुलले भन्दा एक खेल धेरै खेलेको छ। अब अफ्रिलमा यि दुई टिमले आपसमा खेल्नेछन्। ‘कुनै पनिट टिमसँग अवे खेल खेल्न प्रिमियर लिगमा कठिन नै हुन्छ। हामी जहिले पनि बराबरीभन्दा जितका लागि संघर्ष गरिरहेका छौं। र, हामी लिभरपुलभन्दा छ अंकले अघि रहन चाहान्छौं,’ सिल्वाले भने।

kumari

प्रकाशित: Mar 15, 2022| 08:25 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।