काठमाडौं- पारिजात स्मृति केन्द्रले चार स्रष्टालाई पारिजात सम्मान प्रदान गर्ने घोषणा गरेको छ।
'पारिजात सृजन सम्मान'बाट कवि विनोदविक्रम केसी, 'पारिजात बालसाहित्य सम्मान'बाट डा. भिक्टर प्रधान सम्मानित हुने भएका हुन्। यस्तै 'पारिजात कला सम्मान'बाट कलाकार देवेन्द्र थुम्केली र 'पारिजात संघर्षशील नारी सम्मान'बाट उमा राईलाई सम्मान गरिने केन्द्रले जानकारी दिएको हो।
केन्द्रका महासचिव मातृका पोखरेलद्वारा सोमबार जारी विज्ञप्तिअनुसार स्रष्टाहरूलाई वैशाख ५ गते सम्मान प्रदान गरिनेछ।