आइतबार, मंसिर ७, २०८२

एसिया रिजन तेक्वान्दोमा सिर्जनालाई रजत

प्रशिक्षक लामाका अनुसार नेपाल ‘फेयर प्ले अवार्ड’ पनि जित्न सफल भयो। नेपालबाट एक्लो सहभागी खेलाडी सिर्जनाले क्वाटरफाइनलमा आयोजक राष्ट्र इरानकी सहर घन्बरी कोमिसानीलाई ५–३ ले पारजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी थिइन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- नेपाली पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले 'डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजन'मा सोमबार रजत पदक जितेकी छन्। इरानको तेहरानमा भएको प्रतियोगिताअन्तर्गत 'के– ४४ क्याटगोरी'को महिला ५२ केजीमुनिको स्पर्धामा सिर्जनाले नेपाललाई रजत पदक दिलाएको उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिएका छन्।

National life

प्रशिक्षक लामाका अनुसार नेपाल ‘फेयर प्ले अवार्ड’ पनि जित्न सफल भयो। नेपालबाट एक्लो सहभागी खेलाडी सिर्जनाले क्वाटरफाइनलमा आयोजक राष्ट्र इरानकी सहर घन्बरी कोमिसानीलाई ५–३ ले पारजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी थिइन्।

सेमिफाइनलमा सिर्जनाले टर्कीकी मर्येम बेतुल कभ्दरलाई ११–१० ले हराउदै आयोजक राष्ट्रकै फतेमेह दोदान्घेसँग फाइनल भेट पक्का गरेकी थिइन्। फाइनलमा सिर्जना ३३–११ ले चुकिन्।

सन् २०१८ मा पारा तेक्वान्दो खेल्न सुरु गरेकी सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। केही महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्समा पनि सिर्जनाले रजत नै जितेकी थिइन्।

अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक लामाको यो प्रशिक्षकका रुपमा पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगिता हो। ५ मध्ये ४ मा नेपाल पदक जित्न सफल भएको छ।

Laxmi sunrise bank
kumari

टोकियो पारालिम्पिक– २०२१ मा भने नेपाल पदकको नजिक पुगेपनि चुकेको थियो। यद्यपि उक्त प्रतियोगितामा पलेश गोबद्र्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्। त्यसबेला पनि पलेशाको प्रशिक्षक लामा नै थिए।

प्रकाशित: Mar 14, 2022| 23:04 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।