शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा युवा लक्षित १० लाख नयाँ रोजगारी सिर्जना गरिने

श्रीलंकामा युवा लक्षित १० लाख नयाँ रोजगारी सिर्जना गरिने

श्रीलंका सरकारले ‘श्रीलंकाका लागि आशा’ नामक कार्यक्रममार्फत् युवाहरूका लागि १० लाख नयाँ रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

श्रीलंका- श्रीलंका सरकारले ‘श्रीलंकाका लागि आशा’ नामक कार्यक्रममार्फत् युवाहरूका लागि १० लाख नयाँ रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ। 

National life

देश कोभिड–१९ को महामारीबाट सामान्य अवस्थामा फर्कने विश्वाससहित महामारीबाट प्रभावित अर्थतन्त्रलाई सुधार गर्न र युवाहरूमा आशाको सञ्चार गर्न सरकारले यो कार्यक्रम ल्याउन लागेको खेलकुद तथा युवा, विकास सहजीकरण तथा अनुगमन मन्त्री नमलाल राजपाक्षलाई उद्धृत गरी राष्ट्रिय सञ्चारमाध्यमले सोमबार समाचारमा जनाएका छन्।

‘श्रीलङ्काको आशा’ कार्यक्रम मे महिनामा शुभारम्भ गरिने र देशका नौवटै प्रदेशलाई समेट्ने उनले बताए। 

रोजगारी खोज्ने, उद्यमी, वैदेशिक रोजगार अभिकर्ता, सीप विकास, व्यावसायिक तालीममा सलग्नलाई एक छानामुनि ल्याइने रोजगारीको अभावको दिगो समाधान प्रदान गरी युवालाई अन्य आयआर्जनका अवसरहरुमा परिचित गराई मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने कार्यक्रमको उद्देश्य रहेको बताए।

सरकारी र निजी दुवै क्षेत्रमा रोजगारीका अतिरिक्त दक्ष कामदारका रूपमा युवालाई विदेश जान वा उद्यमीका रूपमा नयाँ व्यवसाय सुरु गर्न आग्रह गरिने मन्त्री रावापाक्षले बताए।

Laxmi sunrise bank
kumari

श्रीलंकाका स्वास्थ्य अधिकारीहरूले गत हप्ता अधिकांश नागरिकहरूलाई खोप लगाईएको र उनीहरूलाई खोपको अतिरिक्त मात्रा पनि दिइएपछि कोभिड–१९ महामारी देशभर सहज हुँदै गएको बताएका छन्। 

प्रकाशित: Mar 15, 2022| 00:00 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।