बुधबार, असार ३१, २०८३

ब्राजिलियन फुटबल संघसँग टिटेको नयाँ सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–ब्राजिलका प्रशिक्षकलेटिटेले चार बर्षको ब्राजिल फुटबल संघसँग नयाँ सम्झौता गरेका छन् । उनले २०२२ सम्मका लागि पाँच पटकको विश्वकप विजेता ब्राजिलमा रहन नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टिटे ब्राजिल फुटबल टोलीमा प्रशिक्षकको रुपमा २०१६ मा नियुक्त भएका थिए । उनले ब्राजिललाई दुई उपाधि जिताएका थिए । एक कोपा लिबर्टडोरस र अर्को विश्व क्लब कप । 

ब्राजिल रुस विश्वकप २०१८ को क्वाटरफाइनलबाट बाहिरिएको थियो । जहाँ क्वाटरफाइनलमा ब्राजिल बेल्जियम सँग २–१ ले पराजित भएको थियो । ५७ बर्षीय टिटेले भनेका छन, ‘म धेरै खुसि छु र यो मेरो लागि धेरै ठुलो चुनौती पनि हो ।’

त्यस्तै, ब्राजिलियन फुटबल कन्फिडेरेसन (सीबीएफ) ले सम्झौता दीर्घकालीन भएको बताए । उनले भने, ‘हामीले लामो योजनाका लागि यो सम्झौता गरेका छौ र जेनेरल म्यानेजरका लागि पुर्व आर्सनल मिडफिल्डर ईडुलाई पनि अनुबन्ध गरेका छौ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।