सोमबार, भदौ १, २०८३

एमालेले लोकतन्त्रकै खिल्ली उडायो : मुख्यमन्त्री केसी

संघीय संसद्‌मा विपक्षी एमालेले लामो समयदेखि संसद अवरुद्ध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको उनको भनाई छ। हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई आइतबार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो कुरा बताएका हुन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

बुटवल- लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले संसद्‌मा अवरोध गरेर एमालेले अलोकतान्त्रिक काम गरेको टिप्पणी गरेका छन्। संघीय संसद्‌मा विपक्षी एमालेले लामो समयदेखि संसद अवरुद्ध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको उनको भनाई छ।

हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई आइतबार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो कुरा बताएका हुन्।

उनले एमालेले आफू भए ठिक नभए बेठिक भन्दै संसद् अवरुद्ध गरेर लोकतन्त्र र गणतन्त्रकै खिल्ली उडाएको बताए। ‘एमालेले लोकतान्त्रिक संस्कार बिर्सेर जनताको आवाज उठाउने ठाउँ बन्धक  बनाएको र अनावश्यक मुद्दा र नारा बोलेर राजनीति  गरेको हिसाब–किताब जनताले चुनावमा  देखाउने छन्,’ मुख्यमन्त्री केसीले भने। 

उनले संविधानले पाँच वर्षसम्म  संसद्‌ विघटन गर्ने अधिकार नदिएको उल्लेर गर्दै केपी ओलीले संसद्‌ विघटन गरेर संविधानलाई नै लत्याउने काम गरेको बताए।

‘संविधानले पाँच वर्षसम्म कुनै पनि निकाय विघटन गर्ने अधिकार दिएको छैन, त्यसको दुरुपयोग ओलीले गसर्नभयो,’ उनले भने, ‘के त्यसो भए मैलै पनि प्रदेश विघटन गर्न मिल्छ त।’

उनले विपक्षी दलले देशलाई बन्धक बनाएको आरोप लगाए। लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गरेको उनले बताए। पूँजीगत खर्च, राजस्व संकलनलगायतका कुरामा सरकार सक्रिय रहेको मुख्यमन्त्रीको भनाई छ।

प्रकाशित: Mar 14, 2022| 20:45 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...