बिहीबार, चैत १२, २०८२

लिभरपुलद्धारा सिटी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- प्रिसिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इंग्लिस क्लब लिभरपुलले अर्काे इंग्लिस क्लब तथा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । 

अमेरिकाको न्यु जर्सीमा बिहिबार भएको खेलमा लिभरपुलले सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सिटीका लागि लेरोए सानेले एक गोल गरे । 

प्रिमियर लिग च्याम्पियन सिटीविरुद्ध लिभरपुलले खेलमा पछि परेको स्थिति उल्ट्याउदै जित हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भयो । 

५७ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा सलाहले बराबरी गोल फर्काए । ९० औं मिनेटमा मानेले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई जित दिलाए । 

प्रि–सिजनमा लिभरपुलको यो पहिलो जित हो । यसअघिको पहिलो खेलमा लिभरपुल बोरुसिया डर्टमन्डसँग ३–१ ले पराजित भएको थियो । प्रि–सिजनमा सिटीको यो दोस्रो हार हो । यसअघि सिटी जर्मन क्लब बोरुसिया डर्टमन्डसँग १–० ले पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।