मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं दरवार स्क्वायरमा कंक्रिटका संरचना बनाउने काम रोक्न कांग्रेसको माग

काठमाडौं दरवार स्क्वायरमा कंक्रिटका संरचना बनाउने काम रोक्न कांग्रेसको माग

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले विश्वसम्पदामा सूचीकृत काठमाडौं दरवार स्क्वायरमा कंक्रिटका संरचना बनाउन रोक्न माग गरेको छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं– नेपाली कांग्रेस काठमाडौं महानगर समितिले विश्वसम्पदामा सूचीकृत काठमाडौं दरवार स्क्वायरमा कंक्रिटका संरचना बनाउन रोक्न माग गरेको छ। महानगर समितिले महानगरपालिकाको ध्यानाकर्षण गराउन ज्ञापनपत्रसमेत बुझाएको छ। 

National life

राष्ट्रिय झन्डा राख्ने प्रयोजनको लागि भन्दै रातारात तयार पारेको कंक्रिटको जग निर्माण कार्यको सांकेतिक विरोधपछि महानगर समितिका उपसभापति एवं काल संस्कृति सम्पदा संरक्षण विभागका संयोजक सन्तकुमार महर्जनको नेतृत्वमा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुखलाई निर्माण कार्य रोक्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो। 

नेपाली कांग्रेस काठमाडौ महानगर समितिका सचिव ‌ई. सुसन वैद्यले काठमाडौं महानगरका मेयरले सम्पदामाथि धावा बोलेको यो पहिलो पटक नभएको बताए। ‘रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरबाट शुरु भएको मयेरको कंक्रिट मोह रानीपोखरीलाई पूर्ण रुपमा कंक्रिटको प्रयोग गरी स्विमिङ पुलको रुपमा परिणत गर्ने, पुरातात्विक  महत्व बोकेको बाघ दरवारलाई भत्काएर कंक्रिटको आधुनिक भवन बनाउनेदेखि कमलपोखरी र काठमाडौं दरवार स्क्वार क्षेत्रमा कंक्रिटको प्रयोग गरी प्राचीन समारक संरक्षण ऐन २०१३ को खुला उल्लघंन गरेको छ,’ उनले भने। 

सम्पदा संरक्षणको लागि अहोरात्र लागिपरेका संरक्षण अभियन्ताहरुको कारणले मात्र काठमाडौंका सम्पदा संरक्षण भएको पनि उनको भनाइ छ। काठमाडौं दरवार स्क्वार क्षेत्रमा पर्यटक झन्डा हेर्न नभएर नेपालको अभूतपूर्व सौन्दर्यले भरीपूर्ण कलाकृतिहरु हेर्न आउने भन्दै वैद्यले दरवार स्क्वार क्षेत्रमा राष्ट्रिय झन्डा राखेर नक्कली राष्ट्रवादको आडम्बर गर्नुभन्दा सक्कली सम्पदाको संरक्षण गर्नुपर्ने बताए। विरोध कार्यक्रममा काठमाडौं कांग्रेसका नेता राजुराज जोशी पनि सहभागी थिए।


प्रकाशित: Mar 14, 2022| 19:12 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।