आइतबार, मंसिर ७, २०८२

झापा गोल्डकपको उपाधि चौथो पटक आर्मीलाई

विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं– विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ। सोमबार बिर्तामोडस्थित डोमलाल राजवंशी फुटबल मैदानमा सम्पन्न खेलमा आर्मीले झापा–११ लाई २–१ ले हराउँदै उपाधि जितेको हो।

National life

आर्मीलाई जित दिलाउन टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरे। यता विमल घर्ती मगरले एक गोल फर्काए पनि बराबरी गर्न सकेनन्।

सुमन अर्यालले मैदानको दायाँ कुनाबाट गरेको प्रहार पेनाल्टी बक्सभित्र रहेका बुढाथोकीले गोलमा परिवर्तन गरेका थिए।

खेलको २१ औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। झापा ११ का विदेशी खेलाडीले दिएको ब्याक पास नियन्त्रणमा गोलकिपरले अघि बढेर नियन्त्रण गर्ने क्रममा जर्ज प्रिन्स कार्कीले चलाखीपूर्ण प्रहार गर्दै गोल गरेका हुन्।

त्यस्तै, खेलको २४ औं मिनेटमा उलरिच सिवेको पासमा विमल घर्ती मगरले गोल गर्दै गोलअन्तर घटाएका थिए। यससँगै आर्मीले खेलको पहिलो हाफ २–१ को अग्रता बनाएको थियो।

Laxmi sunrise bank
kumari

दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन् र आर्मीले खेल जित्यो। खेलको १० मिनेट बाँकी रहँदा आर्मीका फरवार्ड नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए। ए डिभिजन लिगअघिको मैत्रीपूर्ण खेलमा घाइते भएका फरवार्ड श्रेष्ठले आज मैदान प्रवेश गरेका हुन्।

नवयुगले चोटका कारण पूरा सिजनको ए डिभिजन लिग गुमाएका थिए। उनी खेलको ८० औं मिनेटमा मैदान पसेका हुन्। पाँचौं संस्करणको प्रतियोगितामा आर्मीले चौथो पटक उपाधि जितेको हो। यता झापा ११ लगातार पाँचौं पटक फाइनलमा पराजित भएको छ। प्रतियोगिताको दोस्रो संस्करणको उपाधि भने मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।

प्रकाशित: Mar 14, 2022| 18:32 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।