आइतबार, मंसिर ७, २०८२

गोकर्णमा गल्फरको स्पर्धा शनिबार, विजेतालाई ह्युन्डाई गाडी

गोकर्ण गल्फ रिसोर्टमा आगामी शनिबार ओपन गल्फ प्रतियोगिता हुने भएको छ। आयोजक गोकर्ण गल्फले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १३० जनाभन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- गोकर्ण गल्फ रिसोर्टमा आगामी शनिबार ओपन गल्फ प्रतियोगिता हुने भएको छ। आयोजक गोकर्ण गल्फले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १३० जनाभन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ। 

National life

हालसम्म ९० जना खेलाडी दर्ता भइसकेको र शुक्रबारसम्म दर्ता गर्ने क्रम जारी रहने आयोजक गोकर्ण फरेस्ट रिसोर्टका डाइरेक्टर दीपक आचार्यले जानकारी दिएका छन्।

प्रतियोगिता १८ होलमा स्टेबल फर्म्याटमा तीन वाइ चार ह्यान्डीक्यापमा खेलिने आयोजकले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ। प्रतियोगितामा विभिन्न क्याटागोरीमा विजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ।

१०औं सस्करण भए पनि यो ११ वर्ष भएको छ। अघिल्लो वर्ष कोभिडका कारण खेल सम्भव भएन। यसपाली पुरस्कारमा ह्युन्डाइ भेन्यू कार राखेको प्रायोजक ह्युन्डाइका मार्केटिङ मेनेजर सन्जीव श्रेष्ठले बताए। 'स्पोर्ट्स संलग्न स्पर्धामा हामीले धेरै सहकार्य गरेका छौँ। गल्फरमा राम्रो बन्डिङ राम्रो गर्नका लागि यो स्पोन्सर गरेका हौँ,' सन्जीवले भने।

त्यस्तै प्रतियोगिताको  विजेताले  एक हजार अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्ने आचार्यले जानकारी दिए। खेलाडीको संख्या अनुसार वर्गीकरण गरेर प्रतियोगिता गराइने उनको भनाइ छ। 

Laxmi sunrise bank
kumari

पहिले आयोजनामा १०० जना राख्ने भए पनि संख्या बढ्ने संकेत देखिएको छ।  ह्युन्डाइको गाडी भएका खेलाडीका लागि बेग्लै क्याटागोरी बनाएको स्पोन्सर कम्पनीका सन्जीव श्रेष्ठले जानकारी गराए। गाडी भएका खेलाडीले प्रतियोगिताको दिन गाडी लिएर जानु पर्नेछ।

प्रकाशित: Mar 14, 2022| 16:20 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।