आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • झापा गोल्डकपको फाइनल : चार पटक उपविजेता बनेको झापाको उपाधि दाउ

झापा गोल्डकपको फाइनल : चार पटक उपविजेता बनेको झापाको उपाधि दाउ

यसअघि पनि तिनपटक सँगै फाइनल पुगेका आर्मी र झापा ११ फाइनलमा पुगेका छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- पाँचौ संस्करणको झापा गोल्डकपको फाइनल खेल आज दिउँसो विर्तामोढस्थित डोमलाल राजवंशी रंगशालामा हुँदैछ। यसअघि पनि तिनपटक सँगै फाइनल पुगेका आर्मी र झापा ११ फाइनलमा पुगेका छन्।

National life

सोमबार दिउँसो हुने खेलमा झापा ११ ले विभागीय क्लब आर्मीको चुनौति पन्छाउँदै उपाधि जित्ने लक्ष्य राखेको छ। त्यसो त, आयोजक टिम झापा ११ हरेक संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन। त्यसैले उसले धेरै टिमका खेलाडी सञ्चित गरेर यो वर्ष राम्रो टिम निर्माण गरेको छ।

‘झापामा राम्रा र स्टार खेलाडीहरु छन्। स्क्वाड हेर्दा पनि हामी जित्छौं जस्तो लाग्छ,’ झापा ११ का प्रशिक्षक सन्तोष गुरुङले भने, ‘चार पटकसम्म उपाधि जितेको छैनन। यो वर्ष जसरी भए पनि जिताछौं।’

यता आफ्नो सेट टिम रहेको भन्दै आर्मीका प्रशिक्षक नविन न्यौपानेले पनि जितको दाबी कसेका छन्। ‘झापामा कलेक्टिभ टिम छ। हाम्रो सेट भएर खेल पनि सुधार गरेका छौं,’ नविनले भने।

यसअघि तीन पटक झापा गोल्डकपको उपाधि जित्दा आर्मीले झापालाई नै हराएको छ। त्यसैले झापा आज ति सबै पराजयको बदला लिन चाहन्छ। त्यसो त झापाले अहिलेसम्म उपाधि जितेको छैन। दोस्रो संस्करणमा पनि उसले मनाङ मर्स्याङ्दीसँग हार बेहोरेको थियो।

Laxmi sunrise bank
kumari

प्रतियोगिताको उपाधि जित्ने टिमले १२ लाख ५५ हजार पुरस्कार पाउने छ भने उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकलको व्यवस्था गरिएको छ। विभिन्न विधाका उत्कृष्ट फुटबलर पनि २१ हजार नगदका साथ पुरस्कृत हुनेछन्।

प्रकाशित: Mar 14, 2022| 10:34 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।