आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युक्रेनका एन्ड्रीले गोल गर्दै एस्टन भिल्लालाई हराएपछि देशलाई सम्झिएर बने भावुक

युक्रेनका एन्ड्रीले गोल गर्दै एस्टन भिल्लालाई हराएपछि देशलाई सम्झिएर बने भावुक

युक्रेन र रसियाको युद्ध सुरु भएपछि उनी पहिलो पटक वेस्ट ह्यामको टिममा परेका थिए। ३२ वर्षीय यर्मोलेन्कोले खेलको ७०औं मिनेटमा भिल्लाविरुद्ध अग्रता दिलाएका हुन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आइतबार राति गोल गरेपछि युक्रेनी अन्तर्राष्ट्रिय खेलाडी एन्ड्री यर्मोलेन्को भावुक बनेका छन्। उनले घरेलु मैदानमा एस्टन भिल्लाविरुद्ध अग्रता बनाउन गोल गरेका थिए।

National life

युक्रेन र रसियाको युद्ध सुरु भएपछि उनी पहिलो पटक वेस्ट ह्यामको टिममा परेका थिए। ३२ वर्षीय यर्मोलेन्कोले खेलको ७०औं मिनेटमा भिल्लाविरुद्ध अग्रता दिलाएका हुन्।

माइकल एन्टोनीलाई विस्थापन गर्दै उनी खेलको दोस्रो हाफमा मात्र मैदान छिरेका थिए। उनी मैदान छिर्दा दुवै टिमका समर्थकहरुले उनलाई अभिनन्दन गरेका थिए।

‘मेरो लागि यो धेरै भावुक पल र गोल थियो। मेरो देशको अवस्थाका कारण पनि त्यो सिर्जना भएको हो,’ उनले भने,‘अहिले मलाई फुटबलबारेमा सोच्नका लागि धेरै अप्ठ्यारो परिरहेको छ। किनभने हरेक दिन रसियन आर्मीहरुले युक्रेनी जनाताको हत्या गरिरहेका छन्।’ उनले आफ्ना सब टिममेटलाई धन्यवाद दिएका छन्।

‘मैले फ्यानहरूबाट समर्थन महसुस गरेको छु र पिचमा सबै कुरा दिने प्रयास गरें। किनभने मलाई थाहा छ आजको खेल हाम्रो लागि कत्तिको महत्त्वपूर्ण थियो। म खेलका लागि सत प्रतिशत तयार छैन किनभने पछिल्लो दुई हप्तामा मैले तीन वा चार पटक मात्र प्रशिक्षण गरें,’ उनले भने।

Laxmi sunrise bank
kumari


खेलपछि वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयेसले क्लबले स्ट्राइकरलाई आवश्यक जति समय दिएको बताएका छन्। 

‘उसले मलाई भनेको अनुसार उसको परिवार अहिले सुरक्षित छ,’   मोयेसले भने, ‘उनी सुनिश्चित गर्न चाहन्छन् कि सबैजना ठीक छन् र उनीलाई धेरै समस्या भइरहेको छ।’

‘कहिलेकाँही, फुटबलबाट बाहिर पनि जानुपर्छ। आशा छ कि उसलाई फेरि पिचमा आउन र गोल गर्न को लागि केहि समय चाहिएको छ। किनभने फुटबल भन्दा जीवनमा धेरै महत्त्वपूर्ण चीजहरू छन्,’ प्रशिक्षकले भने।

गएरातिको खेलमा वेस्ट हामले एस्टन भिल्लालाइए २-१ गोलले हराएको थियो। वेस्ट हामका लागि अर्को गोल उपाउलो फर्मासले गोल गरेका थिए। भिल्लाका ज्याकव रामसीले एक गोल फर्काए।

प्रकाशित: Mar 14, 2022| 08:41 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।