बिहीबार, फागुन २१, २०८२

बार्सिलोनाको जितलाई निरन्तरता दिन टोरेस र औबामियाङको गोल

बार्सिलोनाको क्याम्प नोउ रंगशालामा सम्पन्न खेलबा बार्सिलोनाले पाहुना टोली ओसासुनाविरुद्ध ४-० को सानदार जित निकालेको हो।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- क्याटलान क्लब बार्सिलोनाले स्पेनको शीर्ष डिभिजनको फुटबल ला लिगामा आइतबार राति जित निकालेको छ। बार्सिलोनाको क्याम्प नोउ रंगशालामा सम्पन्न खेलबा बार्सिलोनाले पाहुना टोली ओसासुनाविरुद्ध ४-० को सानदार जित निकालेको हो।

बार्सिलोनालाई जित दिलाउन फरान टोरेसले दोहोरो गोल गरे। पेनाल्टीमा पाएको असरको सदुपयोग गर्दै टोरेसले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसलगत्तै उनले दोस्रो गोल पनि गरे। त्या गोल उनले डेम्बेलेको पासमा गरेका थिए।

डेम्बेलेकै एसिस्टमा पियरे इमिरेक औबामियाङले २७औं मिनेटमा गोल गरे भने दोस्रो हाफमा मैदान छिरेका रिकी पिउगले चौथो गोल खेलको ७५औं मिनेटमा गरे।

आर्सनलबाट बार्सिलोनामा सामेल भएदेखि औबामेयाङको छ ला लिगा खेलमा पाँच गोल भएको छ। जसले उनलाई २१औं शताब्दीमा प्रतियोगितामा सबैभन्दा छिटो पाँच गोल गर्ने दोस्रो बार्सिलोना खेलाडी बनाए। यसअघि  सन् २००४ मा स्यामुएल इटो र २००९ मा ज्लाटन इब्राहिमोभिकले गोल गरेका थिए।

यो जितपछि बार्सिलोना ५१ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ,। शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग ६३ अंक जोडेको छ। ओसासुना ११औं स्थानमा छ।

kumari

प्रकाशित: Mar 14, 2022| 08:10 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।