शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाले पछिल्लो आर्थिक अवस्थाबारे छलफलका लागि सर्वदलीय सम्मेलन गर्ने

श्रीलंकाले पछिल्लो आर्थिक अवस्थाबारे छलफलका लागि सर्वदलीय सम्मेलन गर्ने

दक्षिण एसियाली मुलुक श्रीलंकाले वर्तमान् आर्थिक अवस्थाबारे छलफल गर्न मार्च २३ मा सर्वदलीय सम्मेलन गर्ने भएको छ। राष्ट्रपति सचिवालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबार सो जानकारी दिएका हुन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

कोलम्बो- दक्षिण एसियाली मुलुक श्रीलंकाले वर्तमान् आर्थिक अवस्थाबारे छलफल गर्न मार्च २३ मा सर्वदलीय सम्मेलन गर्ने भएको छ।  राष्ट्रपति सचिवालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबार सो जानकारी दिएका हुन्। 

National life

राष्ट्रपति गोताबाया राजपाक्षको अध्यक्षता र प्रधानमन्त्री महिन्दा राजपाक्षको विशेष उपस्थितिमा हुने उक्त सम्मेलनमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरू सहभागी हुनेछन्।

दैनिक विद्युत्भार कटौती, इन्धन र ग्यासको अभाव साथै प्रमुख अन्तर्राष्ट्रिय मुद्राको तुलनामा श्रीलङ्काको राष्ट्रिय मुद्रामा निकै ह्रास आएको समयमा सरकारले सर्बपक्षीय सम्मेलन बोलाएको हो। 

राज्यको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम निगमले शुक्रबार अक्टान ९२ पेट्रोलको मूल्य ७७ रूपैँया वृद्धिसँगै प्रतिलिटर २५४, अक्टान ९५ पेट्रोलको मूल्य ७६ रुपैँया वृद्धिसँगै २८३ रुपैयाँ र मोटर डिजेलको मूल्य ५५ रुपैयाँ वृद्धिसँगै १७६ रुपैयाँ पुगेको छ। शुक्रबार श्रीलङ्काली २५४.५४ रुपैयाँ बराबर १ डलरमा कारोबार भएको थियो। 

प्रकाशित: Mar 14, 2022| 05:00 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।