बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फिफा विश्वकप २०१८ को उत्कृष्ट गोलको उपाधि पभार्डलाई, मोड्रिच तेस्रो

फिफा विश्वकप २०१८ को उत्कृष्ट गोलको उपाधि पभार्डलाई, मोड्रिच तेस्रो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- बेन्जामिन पभार्डले रुस विश्वकप २०१८ को प्रि–क्वाटरफाइनलमा अर्जेन्टिनामा माथि जित निकाल्दा गरेको गोलनै फिफा विश्वकप २०१८ को उत्कृष्ट गोल भएको छ । 

फ्रान्सका डिफेन्डर पभार्डले सानदार टेक्निक लगाउदै टप कर्नरमा उत्कृष्ट गोल गरेका थिए । उनले फिफा वेबसाईटमा फुटबल समर्थकहरुबाट तीन मिलियन भोट प्राप्त गरेका छन् । 

'म यसको बारेमा सोच्न पनि सक्दैन । मैले थाकेको थिए तर, उठे र त्यलाई सफल पारे' २२ बर्षीय पभार्डले खेल पछि भनेका थिए । फ्रान्सले विश्वकपको ट्रफि दोस्रो पटक जित्न  क्रोएसियालाई फाइनलमा ४-२ ले पराजित गरेको थियो ।

भार्डले भने, 'बल जब मतिर आएको थियो त्यो बउन्स भएको थियो । मैले गोल पोस्टतिर प्रहार गर्ने प्रयास मात्र गरेको थिए । जुन स्ट्राईकरले मलाई सधै बताई रहन्थे ।' उनले थपे, 'जब बल दिशामा पुग्यो म धेरै खुसी भए ।'

त्यस्तै कोलम्बियाका जुअन कुइन्टेरोले गरेको फ्रि किक गोल दोस्रो भयो । उनले समूह चरणको आफ्नो पहिलो खेलमा गरेका थिए । तेस्रो उत्कृष्ट गोल भने लुका मोड्रिचको भएको छ । उनले अर्जेन्टीना विरुद्धको खेलमा लामो दुरिबाट उत्कृष्ट गोल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।