मंगलबार, भदौ २, २०८३

आजदेखि देशैभर कांग्रेसको चुनावी घरदैलो अभियान

३० वैशाखमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले देशैभर स्थानीय तह केन्द्रित चुनावी घरदैलो अभियान सुरु गर्न लागेको हो।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं- सत्तासीन नेपाली कांग्रेस स्थानीय तह निर्वाचनलक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान आज सुरु गर्दैछ। 

३० वैशाखमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले देशैभर स्थानीय तह केन्द्रित चुनावी घरदैलो अभियान सुरु गर्न लागेको हो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यस अभियानमा मतदानमा सबैलाई सहभागी हुन अपिल गरिनेछ।

साथै आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा जोड दिने, स्थानीय पार्टी संरचनालाई पूर्णता दिने, सम्वृद्धि संवाद गर्ने, जनतासँग सम्बन्ध प्रगाढ बनाउने तयारी छ।

यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले निर्वाह गरेको भूमिकाबारे जानकारी गराउने योजना बनाएको छ। 

प्रकाशित: Mar 13, 2022| 09:01 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...