आइतबार, मंसिर ७, २०८२

लेवान्डोस्की गोलमा बायर्नको बराबरी

शनिबार राति होफेनहाइमको मैदानमा भएको खेलमा बायर्नले घरेलु टिमसँग १-१ को बराबरी खेलेको हो।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं- जर्मनको शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगामा उपाधि दावेदार क्लब बायर्न म्युनिख बराबरीमा रोकिएको छ। शनिबार राति होफेनहाइमको मैदानमा भएको खेलमा बायर्नले घरेलु टिमसँग १-१ को बराबरी खेलेको हो।

National life

बायर्नका लागि लेवान्डोस्कीले बराबरी गोल गरेका थिए। घरेलु मैदानमा होफेनहाइमका क्रिस्टोफ बाउमगर्थनरले सुरुआति गोल गरेका थिए। उनले ३२औं मिनेटमा बनाएको अग्रतालाई लेवान्डोस्कीले पहिलो हाफको इन्ज्युरी समयमै ताडिदिए।

त्यसपछि गोल हुन नसक्दा बायर्न बराबरीमा रोकिएको हो। यो बराबरीसँगै बायर्नले लिगमा ६० अंक बनाएको छ। ऊ दोस्रो स्थानको डर्टमन्डभन्दा १० अंकले अघि छ।

लिगमा पाँचौ स्थानको होफेनहाइमको ४४ अंक छ। शनिबार रातिकै खेलमा युनियन बर्लिन र सुटरगार्टले बराबरी खेलेका छन् भने मोन्छेनग्लाडबाखले हेर्था बर्लिनलाई २-० ले हराएको छ।

प्रकाशित: Mar 13, 2022| 07:55 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।