मंगलबार, भदौ २, २०८३

आफूविरुद्ध कालो झण्डा देखाउनेप्रति गृहमन्त्रीको 'सम्मान'

गृहमन्त्री बालकृष्ण खाणले आफूलाई कालो झन्डा देखाउनेहरुप्रति सम्मान रहेको बताएका छन्।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

बुटवल- गृहमन्त्री बालकृष्ण खाणले आफूलाई कालो झन्डा देखाउनेहरुप्रति सम्मान रहेको बताएका छन्। शनिबार धकधईमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाणले कालो झण्डा देखाउने अधिकार पनि नेपाली कांग्रेसले नै प्रदान गरेको उल्लेख गर्दै सरकारको ध्यानार्कषण भएको बताए।

'साथीहरुले कालोझन्डा देखाउनुभएको छ। म ती साथीहरुलाई सम्मान गर्छु। लोकतान्त्रिक पद्धतिले स्वीकार गरेको व्यवस्था हो,' मन्त्री खाणले भने। उनले बोल्न, विरोध गर्न पाउने व्यवस्था कांग्रेसले ल्याएको उल्लेख गरेका थिए। 

किसानका माग सरकारले सम्बोधन नगरेकाले गृहमन्त्री खाणलाई कालो झण्डा देखाएर सरकारको ध्यानाकर्षण गराउन चाहेको सीके राउत नेतृत्वको जनमत पार्टीले बताएको छ। 

प्रकाशित: Mar 12, 2022| 21:07 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...