आइतबार, मंसिर ७, २०८२

खप्तड गोल्डकपको उपाधि मनाङलाई

मनाङले उपाधिसहित २१ लाख नगद पुरस्कार जितेको छ भने उपविजेता बन्दै फ्रेन्ड्सले ११ लाख जितेको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

धनगढी- पाँचौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ।धनगढी रंगशालामा शनिबार सम्म्पन्न फाइनल खेलमा फ्रेन्ड्स क्लबबिरुद्ध ३-१ को जित निकाल्दै मनाङले उपाधि जितेको हो।

National life

मनाङले उपाधिसहित २१ लाख नगद पुरस्कार जितेको छ भने उपविजेता बन्दै फ्रेन्ड्सले ११ लाख जितेको छ।

मनाङलाई जित दिलाउन ओलावाले अफिजले २ गोल गरे भने एक गोल दिनेश राजवंशीले गरेका थिए। फ्रेन्ड्सका जमोउलले एक गोल फर्काए। फ्रेन्ड्सका जुड गार्सियाले पेनाल्टीमा पाएको अवसरमा गोल गर्न नसक्दा मनाङलाई उपाधि उचाल्न सहज भएको हो।

मनाङले २०७३ को पहिलो संस्करणमा पनि उपाधि जितेको थियो।

प्रतियोगितामा राइजिङ प्लेयर फागुराम चौधरी र सर्वाधिक गोलकर्ता जमोउल फ्राङकोइस बन्न सफल भए। बेस्ट प्लेयर शिशिर लेखी बन्दा श्याम विश्वकर्मा बेस्ट डिफेन्डर बने। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 12, 2022| 18:52 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।