मंगलबार, भदौ २, २०८३

सीके राउतका कार्यकर्ताले गृहमन्त्री खाणलाई देखाए कालो झण्डा

गृहमन्त्री बालकृष्ण खाणलाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन्।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

बुटवल- गृहमन्त्री बालकृष्ण खाणलाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

रुपन्देहीका विभिन्न कार्यक्रममा सरिक भएर नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका-३ स्थित धकधईमा शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जाने क्रममा गृहमन्त्री खाणलाई उनीहरूले कालो झण्डा देखाएका हुन्। 

जनमत पार्टीले उठाउँदै आएको मागप्रतस सरकार मौन रहेकाले गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए। उनले आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताए।

प्रकाशित: Mar 12, 2022| 18:40 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...