बिहीबार, चैत १२, २०८२

नेपालले इस्ट लन्डनलाई २ सय २३ रनले हरायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा इस्ट लन्डन-११ लाई २ सय २३ रनको फराकिलो पराजित गरेको छ ।

नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन-११ ले ३८ ओभर ५ बलमा १ सय १५ रन मात्र बनाउन सक्यो । 

नेपालको कसिलो बलिङसामु इस्टका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन् । डारेन आइरोन साइडले सर्वाधिक ३८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो दर्शन गर्न सकेनन् । 

भाज पुरेवलले २२ रन बनाए । सागर जोशी ८, नेल सोलोमन ६, रामिज ४ र नाविल अजिजले ३ रन बनाए । अर्मन र विलाल पटेल शुन्य रनम आउट भए । शक्ति गौचनले ४ विकेट लिए । करण केसी र ललित भण्डारीले समान २ तथा सोमपाल कार्मी र दीपेन्द्रसिंह ऐरीले १९१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अनिल कुमार साहको शतकीय पारीमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो । आक्रमक इनिङ्स खेलेका अनिलले ९१ बलमा शतक पुरा गरे । अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १ सय ३१ रन बनाए । यससँगै अनिल युरोप भ्रमणको अभ्यास खेलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने ।

यसअघि पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले शतकीय पारी खेलेका थिए । यस्तै मध्यक्रमका शरद भेषवाकर शतक बनाउनबाट दुई रनले चुके । ८६ बल खेलेका शरद ९८ रनमा आउट भए । 

टिमले ५८ रनको जोड्दा तीन विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका अनिल र शरदले चौथो विकेटको लागि २ सय १२ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।