आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पेलेले ब्राजिल र म्याराडोनाले अर्जेन्टिना चिनाएजस्तै खप्तडले धनगढी चिनाउँछ : मन्त्री आले

पेलेले ब्राजिल र म्याराडोनाले अर्जेन्टिना चिनाएजस्तै खप्तडले धनगढी चिनाउँछ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खप्तड गोल्डकले धनगढीलाई चिनाउने बताएका छन्।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खप्तड गोल्डकले धनगढीलाई चिनाउने बताएका छन्। फाइनल खेल सुरु हुनुअघि धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन्। 

National life

धनगढी चिनाउनका लागि खप्तड गोल्डकपलाई उनले पेले र म्याराडोनाको संज्ञासमेत दिएका थिए। 'पेलेले फुटबल खेलेर र जित निकालेर ब्राजिललाई विश्वमा चिनाए। अर्जेन्टिनाका (डिएगो) म्याराडोनाले फुटबलमा विश्वकप जिताएर आफ्नो देशलाई विश्वमा चिनाए,' नेकपा (एस)का नेतासमेत रहेका मन्त्री आलेले थपे, 'हामीले पनि आफ्नो ठाउँमा फुटबल आयोजना गराएर धनगढीलाई देशमा चिनाएका छौं। त्यसैले आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु।'

प्रतियोगिताका लागि बजेटको समस्या परे आफ्नो मन्त्रालयले सहयोग गर्नेसमेत उनले प्रतिबद्धता जनाएका थिए। आफू जति दिन मन्त्री पदमा बसेपनि सुदूरपश्चिमका जनताको शीर नझुक्ने गरी काम गर्ने उनको दाबी थियो। 

उनले आफूले पर्यटकीय गतिविधि प्रोत्साहन हुने गरी काम गर्ने प्रयास गरिरहेको समेत बताएका थिए। 

गोल्डकपको फाइनल शनिबार सुरु भइसकेको छ। फाइनलमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब आमनेसामने छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 12, 2022| 17:00 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।