मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'जनतामा विकासभन्दा उखानटुक्कामा ताली पड्काउने प्रवृत्ति विकास भयो'

'जनतामा विकासभन्दा उखानटुक्कामा ताली पड्काउने प्रवृत्ति विकास भयो'

'नेपाली जनतामा विकासका कार्य भन्दा पनि उखानटुक्का रमाइलो लागेको भरमा ताली पड्काउने गलत प्रवृत्ति विकास भएको छ,' नेता सिंहले भने।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली जनतामा विकास भन्दा पनि रमाइलोका लागि उखानटुक्कामा ताली पड्काउने गलत प्रवृत्ति विकास भएको बताएका छन्। काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई धुलिखेलमा सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन्। 

'नेपाली जनतामा विकासका कार्य भन्दा पनि उखानटुक्का रमाइलो लागेको भरमा ताली पड्काउने गलत प्रवृत्ति विकास भएको छ,' नेता सिंहले भने, 'नेपाली समाजलाई अगाडि बढाउनका लागि शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नुपर्ने छ। राजनीतिक पार्टीहरुले विकासका गतिविधिमा 'बढी राजनीतिकरण' गर्न हुँदैन।' 

राजनीतिक पार्टीहरुले भाषणबाजी मात्र नभई शिक्षा, उद्योगजस्तो समाज रुपान्तरण गर्ने क्षेत्रमा विकासलाई गति दिने काम गरेर देखाउनु पर्ने बताए। अबको समय सूचना प्रविधि र आर्थिक विकासको रहेकाले शिक्षा क्षेत्रले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ। 

फरक प्रसंगमा बोल्दै नेता सिंहले संविधानसभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुन दुई तिहाई मत दिएर नेतृत्व सुम्पिँदा देशमा संघीयता संस्थागत हुन नसकेको आरोपसमेत उनले लगाएका थिए। संविधान जारी भए पछि बनेको दुई तिहाईको सरकारले अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुख झेल्न बाध्य भएको उनको तर्क छ। यद्यपि अझै पनि प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्ति मिल्नुको विकल्प नरहेको उनको भनाइ छ। 

प्रकाशित: Mar 12, 2022| 15:57 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...