मंगलबार, भदौ २, २०८३

निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली

नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न ।’
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न।’ राष्ट्रसेवक कर्मचारीले जुनसुकै सरकारलाई असहयोग होइन, साथ र सहयोग पुर्‍याउनपर्ने सुझाव दिँदै अध्यक्ष ओलीले एमाले प्रतिपक्षमा रहे पनि पार्टी प्रवेशको लहर चलेको बताएका थिए।

आगामी निर्वाचन स्वच्छ र निष्पक्षकासाथ सम्पन्न गर्ने दायित्वमा नचुक्न सल्लाह दिँदै उनले लोकतन्त्र र ट्रेड युनियन अधिकारका औचित्यपूर्ण मागमा तलमाथि भएमा सहयोग र साथ दिने वचन दिए। अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त अवस्थामा पुग्दै गरेको बताउँदै निर्वाचनका माध्यमबाटै पुनःसरकारमा आउने दाबी गरे। 

प्रकाशित: Mar 12, 2022| 15:54 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...