मंगलबार, भदौ २, २०८३

माओवादी कर्णाली प्रदेश कमिटीले पायो पूर्णता

प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

सुर्खेत- प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो। 

माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठकबाट प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताइन्। 

प्रदेश अध्यक्षमा विमला विमला केसी यस अघि नै भएन भइसकेकी थिइन्। 

प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) चयन भएका छन्। 

प्रकाशित: Mar 11, 2022| 18:56 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...