मंगलबार, भदौ २, २०८३

देश र राष्ट्रिय राजनीति माओवादीको इसारामा चलेको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक माओवादीकै एजेण्डा र इसारामा चलिरहेको दाबी गरेका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

सुर्खेत- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक माओवादीकै एजेण्डा र इसारामा चलिरहेको दाबी गरेका छन्।

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले मुलुक आफूहरूको इसारा र एजेन्डमा चलेको बताउँदै आगामी दिनमा पनि देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी कै हुने जिकिर गरेका हुन्।

प्रचण्डले वर्तमान पाँच दलिय गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित नै रहनेसमेत बताए। नेपाली कांग्रेसका केही नेताले निर्वाचनमा गठबन्धन नहुने बताउँदै आए पनि प्रचण्डले भने निर्वाचनसम्मै गठबन्धन कायम रहने बताएका छन्।

प्रचण्डले एमसीसीका काराण मुलुक झण्डै दुर्घटनामा परेको प्रसंगसमेत उल्लेख गरे थिए। तर, अहिले उक्त खतरा टरिसिकेको उनले बताए।

प्रकाशित: Mar 11, 2022| 12:01 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...