मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चुनावी अभियान पछि मात्रै तालमेलका बारेमा कांग्रेसले निर्णय गर्छ : सिंह

चुनावी अभियान पछि मात्रै तालमेलका बारेमा कांग्रेसले निर्णय गर्छ : सिंह

काठमाडौँको आलोक नगर शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताएका हुन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछिमात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन्। 

काठमाडौँको आलोक नगर शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताएका हुन्। 

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको नेता सिंहले बताए।   

‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उनले भने, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ।’  

सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको जिकिर गर्दै सिंहले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको प्रष्ट्याए। 

‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उनले भने, ‘यो कांग्रेसले चाहेरमात्र होइन कि परिस्थितिज्य कारणले यो गठबन्धन हो।’

प्रकाशित: Mar 11, 2022| 10:16 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...