मंगलबार, भदौ २, २०८३

कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन आज

नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आजबाट हुँदैछ। आज र भोलिसम्म अधिवेशन चल्ने छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आजबाट हुँदैछ। आज र भोलिसम्म अधिवेशन चल्ने छ।

निर्वाचन अधिकृत देवराज महतका अनुसार आज मनोनयन दर्ता, उम्मेदवारको दाबी विरोध हुनेछ भने भोलि निर्वाचन हुने छ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा हुने जिल्ला अधिवेशनमा सभापति पदका लागि तीन जना पतिस्पर्धाम छन्। संस्थापन पक्षबाट दुई र इतरपक्षबाट एक जना चुनावी प्रतिस्पर्धामा छन्। 

सभापति शेरबहादुर देउवा पक्षबाट डा. प्रेमध्वज लामा र जंगबहादुर तामाङले उम्मेदवारी घोषणा गरेका छन्। डा. शेखर कोइरालापक्षबाट भने वंशलाल तामाङले उम्मेदवारी दिएका छन्।

प्रकाशित: Mar 11, 2022| 08:40 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...