बुधबार, असार ३१, २०८३

रौतहटको दोस्रो जित, पुलिस १-० ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रौतहट- रौतहटले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा लगातार दोस्रो सफलता हात पारेको छ। पहिलो खेलमा काठमाडौंलाई हराएको रौतहटले बुधबार भएको दोस्रो खेलमा विभागिय टोली पुलिसलाई १-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। 

अस्मिता बैद्यले गरेको गोल खेलको निर्णायक बन्यो। उनले खेलको १२ औं मिनेटमा गोल गरेकी थिइन्। बुधबार नै भएको पहिलो खेलमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लबले काठमाडौंलाई १०-० ले हराएको थियो। 

एपिएफलाई सहज जित दिलाउन सावित्रा भण्डारीले ५ र अनिता केसीले ह्याट्रिक पुरा गरिन् । अनिता बस्नेत र अनु लामाले समान १ गोल गरे।

३ विभागिय टोलीसहित महिला लिगमा ५ टोलीको सहभागिता रहेको छ । विभागिय टोलीले स्वत तथा काठमाडौं र रौतहटले छनोट चरण पार गर्दै लिगमा स्थान बनाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।