सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

उखुबारी हत्याकाण्डका सबै आरोपित पुर्पक्षका लागि जेल चलान

तीन जना व्यावसायिक साझेदारको हत्या गरी गाडिएको घटनाका ५ जना आरोपितलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
 |  बिहीबार, फागुन २६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– तीन जना व्यावसायिक साझेदारको हत्या गरी गाडिएको घटनाका ५ जना आरोपितलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

triton college

मोरङ जिल्ला अदालतले थुनछेकको बहसपछि बुधबार उक्त आदेश गरेको हो। मोरङमा २ र ललितपुरमा एक जनालाई मारेर गाडिएको अवस्थामा शव फेला परेको थियो।

मोरङको धनपालन गाउँपालिका–७ उखुबारीमा सुनसरीको धरान स्थायी घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ गाउँपालिका स्थायी घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरीको शव फेला परेको थियो।

त्यसैगरी ललितपुरको गोदावारी नगरपालिका–१२ थेचोमा ६३ वर्षीय मोहनकुमार लिम्बूको शव फेला परेको थियो। तीनै जना व्यावसायिक साझेदार रहेको अनुसन्धानबाट खुलेको छ। 

सिरहाको सिराहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खुमा बस्दै आएका ३२ वर्षीय अनिलकुमार मण्डलको योजनामा तीनैजनाको हत्या भएको निष्कर्ष प्रहरी अनुसन्धानले निकालेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले मण्डलसहित मोरङको जहदा गाउँपालिका–४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई पनि पक्राउ गरेको थियो।

Metro Mart
vianet

प्रकाशित: Mar 10, 2022| 15:03 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।