बिहीबार, चैत १२, २०८२

अनिलको शतकमा नेपालले दियो ३ सय ३९ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लन्डन- अनिल कुमार साह शतकीय पारी खेलेपछि नेपाली राष्ट्रिय क्रिकेटे टिमले युरोप भ्रमणको तेस्रो अभ्यास खेलमा इस्ट लन्डन-११ लाई ३ सय ३९ रनको विजयी लक्ष्य सुम्पेको छ। 

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो। नेपालका लागि शतकीय पारी खेलेका अनिल कुमार साहले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १ सय ३१ रन बनाए। 
यससँगै अनिल युरोप भ्रमणको अभ्यास खेलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले शतकीय पारी खेलेका थिए। 

यस्तै शरद भेषवाकरले पनि शतकीय योगदान दिए। मध्यक्रमका शरद भेषवाकर शतक बनाउनबाट दुई रनले चुके। ८६ बल खेलेका शरद ९८ रनमा आउट भए। टिमले ५८ रन जोड्दा तीन विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका अनिल र शरदले चौथो विकेटको लागि २ सय १२ रनको साझेदारी गर्दै टिमको इनिङ् उकासेका थिए। 

ओपनर सुवास खकुरेल ८, ज्ञानेन्द्र मल्ल ९ र कप्तान पारस खड्का ४ रनमा आउट भएका थिए। सोमपाल कामी २९ रन र रोहित कुमार पौडेल ११ रनमा आउट भए। करण केसी १३ तथा शक्ति गौचन ९ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट भए। 

अर्सलन खानले ३ विकेट लिए। नाबिल अजिजले दुई तथा सागर जोशीले एक विकेट लिए। लर्डस्मा त्रिकोणात्मक सिरिज र नेदरल्यान्डविरुद्ध डेब्यु एक दिवसीय क्रिकेट खेलको अभ्यासका लागि नेपालले इंग्ल्यान्डका स्थानीय क्लबसँग अभ्यास खेल खेलिरहेको हो । दुई अभ्यास खेल खेलिरहेको नेपालले समान १ जित र हारको नतिजा निकालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।