बिहीबार, चैत १२, २०८२

यी हुन् विश्‍वका महँगा युवा फुटबल खेलाडी, कसको मूल्य कति ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पछिल्लो १२ महिनामा सबै भन्दा महँगा खेलाडीको सूचीमा नेयमारले आफूलाई पहिलो नम्बरमा राखेका छन्। गत सिजन उनी बार्सिलोनाबाट २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगे। यो नै अहिलेसम्मको ट्रान्सफर विन्डोजको सबैभन्दा ठुलो रकम हो। तर, हामी यस रिपोर्टमा २१ बर्ष मुनिका फुटबल खेलाडीको कुरा गर्दै छौं। 

प्राइम टाइम्स स्पोर्टसले तयार पारेको रिपोर्टअनुसार केही फुटबल मूल्य सूचाकांकको प्रयोग गरिएको छ। जसमा खेलाडीको उमेर, पोजिसन, वर्तमान क्लब, सम्झौता अवधि, बजार मूल्य, अन्तर्राष्ट्रिय खेल, खेलको समय, गोल, चोट र टेक्निकल क्वालिटीका मुल्यांकन गरेको छ।

अहिलेसम्म १९ जना यूवा खेलाडीमा क्लबहरुले जम्मा १ विलियनभन्दा बढी खर्च गरेको छ। जुनप्रति १२ महिनामा ६६ प्रतिशत वृद्धि हो। पाँच जना खेलाडीले दोस्रो बर्षको सूचीमा थप उच्च स्थान हासील गर्ने आशा गरिएको छ।

१९. सेन्गिज अन्डर-रोमा- ३१.९ मिलियन युरो

२१ बर्षीय टर्किका फरवार्ड २०१७ मा रोमा पुगेका थिए। उनी रोमा १३ मिलियन युरोको सम्झौतामा रोमा पुगेका हुन्। उनले स्टाडियो आलिम्पिकोमा पहिलो सिजन सकरात्मक खेले। सिरी-ए का २६ खेल खेल्दा उनले ७ गोल समेत गरे।

१८. एलन सेन्ट मैक्सिम -नाईस-३१.९ मिलियन युरो

२१ बर्षीय एलन हानोभर र बास्टियामा लोनपछि नाइस् पुगेका थिए। उनले आफ्नो व्यावसायिक फुटबल यात्रामा अहिले सम्म बढि लिग-१ मा बिताएका छन्। उनले बुन्डेस लिगाका १६ खेल खेल्दै एक गोल पनि गरेका छन्। उनलाई कौशल र अप्रत्याशित, प्राकृतिक प्रतिभा भएको खेलाडीको रुपमा हेरिन्छ।

१७. होउसेम अओर-लियोन- ३४.५ मिलियन युरो

मिडफिल्डर होउसेमले २०१७-०१८ को सिजनमा रमाउँदै आफुलाई स्थापित गर्दै र लियोनका लागि एक प्रमुख व्यक्तिको रुपमा स्थापित गरे। उनी अहिले लिभरपुल र बार्सिलोनाको नजरमा रहेको बताइएको छ। 

१६.पट्रिक कुट्रोन-मिलन- ३५ मिलियन युरो

मिलानले २०१७ मा उनलाई भारी खर्चका साथ भित्र्याएको थियो। उनले २०१७-०१८ को सिजनमा सबै भन्दा ठुलो असर पारेका थिए। खेलको दौरान मिलानमा उनले निकै राम्रो प्रदर्शन गरे। उनले मिलानमा रहेर पछिल्लो सिजनमा सिरी-ए का २८ खेल खेल्दै १० गोल गरे। २० बर्षीय पट्रिकले २०१८ मा इटालीयन राष्ट्रिय टिममा डेब्यु समेत गरे।

१५. डायोट अपमेकानो- आरबी लेइपिङ्- ३९.३ मिलियन युरो 

१९ बर्षीय डायोटले आरबी लेइपिङमा रहेर दुई सिजन बुन्डेस लिगा खेले।  डिफेन्डर डायोटले बुन्डेस लिगाका ३६ खेल खेलेका छन्। उनी फ्रान्सको राष्ट्रिय टिम यु-१९ बाट पनि खेल्दै आई रहेका छन्। उनलाई अहिले बार्सिलोनना र म्यान्चेस्टर युनाईटेडले पहिलो नजरमा राखेको छ।

१४. रोड्रिग्यो- सान्टोस- ४० मिलियन युरो

१७ बर्षीय रोड्रिग्यो एक प्रतिभावान खेलाडी हुन। उनलाई ठुलो क्लबले बोलाई रहेका छन्। तर, उनले पहिलेनै रियल मड्रिडमा ठुलो रकममा सम्झौता गरिसको छन्। रियल मड्रिड उनकालागी ४५ मिलियन युरो तिर्न तयार छ। जुन ल्याटिन अमेरिकामा यो एक रेकर्ड हो। तर, उनी एक अर्को बर्ष सान्टोसमै रहने छन्।

१३. भेनिसियस जुनियर- रियल मड्रिड– ४५.१ मिलियन युरो

ब्राजिलियन एक युवा खेलाडी हुन भेनिसियस। उनी भर्खरै मात्र रियल मड्रिडमा अनुबन्ध भएका हुन। फ्लामेङगोमा दुई सिजन सिरी-ए खेलेका उनका लागि यत्रो रकम तिर्न रियल तयार भएको थियो। रोड्रिग्यो जस्तै उनी पनि रियलमा पहिलानै अनुबन्धित भएका थिए। तर, उमेर १८ बर्ष नपुगेकाले उनी फ्लामेङगोमा नै एक बर्ष बिताएका थिए।

१२. माथिज डे लिग्ट- आज्याक्स- ५० मिलियन युरो

व्यापक रुपमा उनी विश्व फुटबलको सर्वश्रेष्ठ युवा केनद्रको रुपमा मानिन्छन्। उनी पहिलेनै प्रमुख युरोपियली क्लबमा छन्। बार्सिलोना, युभेन्ट्स, म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटीले उनलाई आफ्नो क्लबमा भित्र्याउन चाहेका छन्। उनी नेदरल्यान्डको राष्ट्रिय टिमबाट पनि खेली सकेका छन्।

११. ट्रेन्ट एलेक्सजानदर आर्नोल्ड- लिभरपुल- ५०.७ मिलियन युरो
 
१९ बर्षीय ट्रेन्टले आफ्नो पहिलो क्लब स्तरिय खेलनै प्रिमियर लिगमा खेलेका थिए। उनले आफुलाई लिभरपुलमा स्थापित गरि सकेका छन्। उनी लिभरपुलको पहिलो रोजाईका डिफेन्डर पनि उनी । उनले विश्वपमा इंग्लयान्डको टोलीबाट सहभागिता जनाएका थिए।

१०. रयान सेसेग्नोन-फुल्हाम- ५१.३ मिलियन युरो

रयान पछिल्लो च्याम्पियनस लिगमा निकैनै उत्कृष्ट साबित भएका थिए। उनीले फुल्हामलाई प्रिमियर लिगमा पदोन्नती गर्न ठुलो मदत गरेको छन्। उनले आर्को १२ महिनाको लागी क्लबमै रहने स्वीकृत गरेका छन्।

९. मिकेल ओयार्जाबल-रियल सोसियाड- ५१.३ मिलियन युरो

मिकेल स्पेनमा सबैभन्दा अधिक आशाजनक संभावनाको रुपमा हेरिन्छन्। जुन एक खेलाडीका लागि यो राष्ट्रिय टिममा पर्ने एक लहर हो। उनी अहिले रोमाको नजरमा छन्।

८. लियोन बेली- बायर लिभरकुसेन- ५६.५ मिलियन युरो

२० बर्षीया लियोन राष्ट्रिय टिम र क्लबका लागि निकैनै महत्वपुर्ण सदस्यको रुपमा मानिन्छन्। उनले क्लबमा रहेर बुन्डेस लिगाका दुई सिजन खेले । दुई सिजनका ३८ खेल खेल्दै ९ गोल गरेका छन्।

७. क्रिस्टियन पुलिसिच- बोरुसियो डर्टमन्ड- ६१.२ मिलियन युरो

पछिल्लो सिजन उनले बोरुसियो डर्टमन्डमा रहेर बुन्डस लिगाका ३२ खेल खेले। ३२ खेलमा उनले ४ गोल गरे।  उनी एक क्षमतावान खेलाडी हुन र उनले एक समयमा आफ्नो भविष्यको अर्को कदम लिने छन्।

६. गिन्लुइगी डोन्नारुमा- मिलान- ६२.८ मिलियन

१९ बर्षीय डोन्नारुमा मिलानका एक भर पर्दा गोलकिपर हुन्। उनले मिलनमा सिरी-ए का तीन सिजन खेल्दा तीन सिजनका १ सय ६ खेल खेलेका छन्। उनले २०१६ मा इटालीयन राष्ट्रिय टिममा समेत आफ्नो स्थान बनाएका छन्। उनले राष्ट्रिय टिमबाट ६ खेल खेलेका छन्।

५. फेडेरिको चेइसा-फ्लोरेनिटना- ६३.६ मिलियन युरो
 
सुचिको उच्च स्थानमा राखेको इटालीयन खेलाडी फेडेरिको चेल्सी र लिभरपुल र टोटनह्यामको नजरमा परेका छन्। उनले फ्लोरेनिटनामा रहदै दुई सिजन सिरी–ए खेले। सिरी-ए का दुई सिुजनमा ६३ खेल खेल्दै ९ गोल गरि सकेका छन्। उनले इटालिएन राष्ट्रिय टिममा पनि यसै बर्ष डेव्यु गरेका हुन।

४. ओस्माने डेमबले- बार्सिलोना- ८४.३ मिलियन युरो

१२ महिना अधि एक स्थान तल रहेका डेम्बले कोर्निसिया डटमन्डबाट बार्सिलोना जादा ६०.९  मिलियन युरो बाट उनको मुल्य बढ्यो। उनकै पालामा बार्सिलोनाले ला लिगा जितेको थियो । त्यती मात्र हैन उनी सम्मिलित फ्रान्सले विश्वकप २०१८ को उपाधि पनि जितेको थियो।

३. गाब्रेल जेसुस- म्यान्चेस्टर सिटी- ८८ मिलियन युरो

२१ बर्षीय फरवाडरका लागि गत सिजनमा उनको मुल्य लगभग दोब्बर बढ्यो र उनी म्यानचेस्टर सिटीका लागि प्रिमियर लिग खेल्न आए। उनले निरासाजनक विश्वकपलाई सहज समेत बनाएका थिए। सिटी बाट प्रिमियर लिगका दुई सिजनमा ३९ खेल खेल्दै २० गोल गरि सकेका छन्।

२. मार्कस रासफोर्ड- म्यानचेस्टरु युनाईटेड- ८९.२ मिलियन युरो

रासफोर्ड म्यान्चेस्टर युनाईटेडका नियमित खेलाडी हुन। १२ महिना अगाडी उनको मुल्य ५० मिलियन युरो थियो। २० बर्षीय रासफोर्ड प्रिमियर लिगका चार सिजनका ७८ खेल खेल्दै १७ गोल गरेका छन्। उनले विश्वकप २०१८ मा पनि उत्कृष्ट खेलेका थिए।

१. केलियन बाप्पे- पिएसजी- १९२.३ मिलियन

सायद यो कुनै आश्चर्यचकित कुरा हैनकी उनले पिएसजीमा आफ्नो पहिलो सिजनमै उत्कृष्ट खेलेका थिए। उनले विश्वकपमा पनि उत्कृष्ट खेल्दै विश्वको युवा खेलाडीको उपाधि जिते। उनी मोनको बाट पिएसजीमा ऋिणमा आउनु भन्दा पहिले उनलाई १८० मिलियन युरोको व्यवस्था गरिएको थियो। उनले मोनाकोमा रहेर लिग-१ का तीन सिजनमा ४१ खेल खेल्दै १ट गोल गरेका थिए भने पिएसजीमा उनले २७ खेल खेल्दै १३ गोल गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।