बुधबार, असार ३१, २०८३

नेपाल एसियाडको समुह ‘डी’ मा यथावत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इन्डोनेसियामा अगस्टमा हुने १८ औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह ‘डी’ मै यथावत छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको नयाँ ‘ड्र’ अनुसार नेपाल समूह ‘डी मै यथावत भएको हो। नेपाल रहेको समूहमा एसियाली पावरहाउस जापानसँगै भियतनाम र पाकिस्तान छन्। 

एसियाडमा प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स (युएई) छुटेका कारण एसियाड आयोजक समितिले पुन: टाइसिट ‘ड्र’ सार्वजनिक गरेको थियो। सार्वजनिक भएको ‘ड्र’ अनुसार समूह ‘ए’ मा इन्डोनेसिया, हङकङ, लाओस, चाइनिज ताइपे र प्यालेस्टाइन रहेका छन्। 

समूह ‘बी’ मा थाइल्यान्ड, उज्वेकिस्तान, बंगलादेश र कतार छन्। यस्तै समूह ‘सी’ मा इराक, चीन, टिमोर सिस्टे र सिरिया छन्। समूह ‘ईं’ मा कोरिया रिपब्लिक, किर्गिस्तान, मलेसिया, बहराइन र युएईं छन्। 

यस्तै समूह ‘एफ’ मा साउदी अरेबिया, उत्तर कोरिया, इरान र म्यानमार रहेका छिन्। एसियाडमा यु-२३ का खेलाडीहरु हुनेछ। एसियाडका लागि नेपालले यस अघिनै २० सदस्यीय टिमको घोषणा गरि सकेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।